कारागारमा थुनिएको गाई पाँच दिनपछि मुक्त ! खानापानी पनि पाएको थिएन


 


अछाम, भदौ ६
अछाम कारागारमा पाँच दिनदेखि थुनिएको गाईको जिल्ला पशुसेवा कार्यालयले उद्दार गरेको छ । पुरानो कारागारमा पाँच दिनदेखि गाई जेलमा रहेको समाचार आएपछि पशु सेवा कार्यालयले गाईको उद्दार गरेको हो ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख झनकदत्त ढुंगानाले कारागारमा गाई बन्दी अवस्थामा रहेको गाईको उद्दार गरेको बताए । मंगलसेन नगरपालिका वडा नं ५ मा रहेको पूरानो जिर्ण कारागारमा गाईलाई धुनेको स्थानीयले बताएका छन् । यद्यपि, गाईलाई कसले धुनेको हो भन्नेबारे भने खुलेको छैन ।

पाँच दिनदेखि खाना र पानीसमेत नपाएको गाई लखतरान अवस्थामा फेला परेको थियो । गाईको सामान्य उपचारपछि मंगलसैन नगरपालिका वडा नं.३ का वडाध्यक्ष पदमसिंह भाटले पालनपोषणको जिम्मा लिएका छन् ।

प्रकाशित मिति: ६ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्