बकर–इद मनाइँदै, प्रदेश १, २ र ५ मा सार्वजनिक विदा


 


काठमाडौं, भदौ ६
इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् ।

तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । बलिदानीको पर्वका रुपमा मनाइने यो पर्व इस्लाम महिना जुल हिज्जाको दशौँ दिनमा मनाइन्छ ।

बकर–इदका अवसरमा आज इदगाहमा इस्लाम धर्मालम्बीले पवित्रताका साथ बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन् ।

यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ ।

पर्वमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ ।
पर्वको अवरमा आज प्रदेश नम्बर १, २ र पाँचमा सार्वजनिक विदासमेत दिइएको छ ।

प्रकाशित मिति: ६ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्