भारतको मुम्बई विमानस्थललाई बमले उडाइदिने धम्की


 


mumbai airport

नयाँ दिल्ली, असोज १२

भारतको मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको आशङ्कामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सोमबार राति मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको धम्कीपूर्ण टेलिफोन आएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अज्ञात व्यक्तिले टेलिफोन गरी मुम्बई विमानस्थल र ताज होटेलमा पाँच व्यक्तिले १६ किलो विस्फोटक पदार्थसहित आक्रमण गर्न लागेको सूचना दिएका थिए ।

विमानस्थलका एक कर्मचारीले सो टेलिफोन उठाएका र उनैलाई धम्की दिई बम राखिएको जानकारी दिइएको प्रहरी स्रोतले बताएको छ ।

हाल विमानस्थलको बाहिरी इलाकालगायत सबै स्थानमा कडा सुरक्षा दिइएको जनाइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: १२ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्