तरकारीका विचौलियालाई सरकारकै संरक्षण


 


काठमाडौं, भदौ ६
तरकारीका विचौलियालाई सरकारले नै संरक्षण गरेको आरोप लागेको छ ।

तरकारी उत्पादनदेखि बिक्रीसम्म विचौलिया लाग्दा उपभोक्ता महंगो मूल्य चुकाउन बाध्य छन् । तरकारी उत्पादक किसानले पनि लागत मूल्य पाउन सकेका छैनन् ।

सरकारी प्रतिवेदनले नै उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी बिचौलियाको नियन्त्रणमा रहेको औंल्याएको छ । तर सम्बद्ध निकाय सधैं मौन छन् । अन्नपूर्णमा खबर छ ।

पछिल्लो डेढ वर्षमा सरकारी तथा गैरसरकारी संस्थाले उपत्यकाको तरकारी बजार, बिचौलियाको हाबी, मूल्य सम्बन्धमा तीनपटक अध्ययन गरिसकेको छ । बिचौलियाले तरकारी महँगो बनाएको प्रतिवेदनमा उल्लेख थियो । सबै प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगे पनि कारबाही अघि बढेन ।

तरकारीमा बिचौलियाको सिन्डिकेटका विषयमा गत मंसिरमा उपभोक्ता हित संरक्षण तथा आपूर्ति विभागले अध्ययन गरी प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाएको थियो । प्रधानमन्त्री कार्यालयका जिम्मेवार अधिकारीले ती प्रतिवेदन दराजमा थन्कै छ ।

प्रकाशित मिति: ६ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्