ट्रक त्रिशुलीमा खस्यो


 


काठमाडौं, भदौ ५
आज विहानै ट्रक त्रिशुलीमा खसेको छ । तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको रा१ख १५७३ नं को ट्रक बिहान त्रिशूली नदीमा खसेको हो।

भरतपुर महानगरपालिका– २९ पन्ध्रकिलोमा ट्रक सडकबाट त्रिशूली नदीमा खस्दा चालक र सहचालक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्