कालिमाटी बजारमा चार गुणा महंगो तरकारी, बिचौलियालाई अनुचित लाभ


 


काठमाडौं, भदौै ५
किसानको बारीदेखि तरकारी हाटबजार पुग्दासम्म तरकारीको मूल्य चार गुणा महंगो हुने गरेको पाइएको छ । कालिमाटी बजारसम्म अनुगमन समितिले कालिमाटीमा तरकारी ल्याइने मुख्य जिल्लाका किसानको खेतमै पुगेर अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो । नयाँ पत्रिकामा खबर छ ।

कालिमाटीमा धादिङ, मकवानपुर, ललितपुरलगायत जिल्लाबाट तरकारी आउने गरेको छ । यहँका किसानले खेतबाट बेच्ने तरकारीको मूल्य र कालिमाटी बजारमा उही तरकारीको मूल्यमा व्यापक अन्तर भेटिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दीपकराज पोखरेलसहितको टोलीले सोमबार गरेको अनुगमनबाट कृषकको खेतबाट १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्ममा बेलिएको काउली एक सय १० रुपैयाँसम्म बेचेको पाएको छ ।

किसानको खेतदेखि तरकारी बजारसम्म आइपुग्दा तरकारीको मूल्य चारगुणासम्म बढेको पाइएको अनुगमन टोलीमा सहभागी उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए ।

यसबाट तरकारी उत्पादक किसान र उपभोक्ता दुवै ठगिने तथा बिचौलियाले मात्र अनुचित लाभ कमाउने अवस्था देखिएको पाइएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्