उर्लाबारीका मेयर अनुगमनमा


 


मोरङ, भदौँ ५

मोरङको उर्लाबारी नगरपालिका वडा नं.१ स्थित कान्छी चोक उत्तरतर्फको पैनीको मुहान आज नगर प्रमुख खड्ग फागोले अनुगमन गर्नुभएको छ ।

नगरपालिकाको १३ लाख र उपभोक्ताको एक लाख ४४ हजार पाँच सय गरी कुल १४ लाख ४४ हजार पाँच सय रुपैयाँको लागतमा सो पैनीको मुहान व्यवस्थापन गरिएको हो । सोे पैनीबाट कान्छी चोक र लक्ष्मीझार आसपासका तीन सय विगाहालाई सिँचाई सुविधा पुगेको उर्लाबारी–१ का वडा सदस्य मोहनकर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

नगर प्रमुख फागोले उर्लाबारी–१ कान्छी चोकमा निर्माणाधिन चिल्ड्रेन पार्कको समेत अनुगमन गर्नुभयो । नगरपालिकाले १३ लाख रुपैयाँ लागतमा चिल्ड्रेन पार्क निर्माण गर्न लागेको हो । चिड्रेन पार्कको काम हाल युद्धस्तरमा भइरहेको छ । त्यसैगरी नगर प्रमुख फागोले आजै उर्लाबारी–१ सिमानादेखि रातेहोलीसम्मको सडक ग्राभेल तथा ड्रेन र बेहीबारेदेखि हरैचा शालिक जाने स्तरोन्नती गरिएका सडकको समेत अनुगमन गर्नुभयो । अनुगमनमा नगरपालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्