पूर्वराजदूत झा आफ्नै घरमा मृत फेला, हत्याको आशंका


 


काठमाडौं, भदौ ४
पूर्वराजदूत केशव झा आफ्नै घरमा मृत फेला परेका छन् । काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा उनी गएराति मृत फेला परेका हुन् ।

उनको हत्या भएको आशंका प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । बन्द कोठामा फेला परेका उनको घाँटीमा चक्कुको गरिरो चोट लागेको छ । बाहिरबाट ताला लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।

उनी बस्ने कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर त्यहाँको ढोका खोल्दा झा मृत अवस्थामा फेला परेका थिए ।

८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए । परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झा फ्रान्सका लागि पनि राजदूत बनेका थिए ।

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्