१८ वर्षमूनिका कैदीबन्दीलाई छुट्टै व्यवस्था, यस्तो छ नयाँ कानूनमा


 


काठमाडौं, भदौ ४
सरकारले १८ वर्षभूनिका कैदीबन्दीका लागि छुट्टै व्यवस्था गरेको छ । भदौ १ गतेबाट लागू नयाँ ऐनले १८ वर्षभन्दा कम उमेरकालाई सुधारगृहमा सारिने भएको हो । पत्रिकामा खबर छ ।

नयाँ कानूनले १८ वर्षमूनिको उमेर समूहलाई नाबालक मानेको छ । कानुनतः नाबालकलाई अन्य कैदीबन्दीसरह जेलमा राखिनुहुँदैन । उनीहरूलाई छुट्टै सुधार गृहमा राखिनुपर्छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले १८ वर्षभन्दा कम उमेरका कैदीबन्दीलाई सुधार गृहमा राख्न मातहतका निकायमा निर्देशन दिइसकिएको बताए ।

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्