कालीमाटी तरकारी बजारका व्यापारीले अनुमगन टोलीलाई थुने, गेटमा बसेर धर्ना


 


काठमाडौं, भदौ ४
कालीमाटी तरकारी बजारका व्यापारीहरुले बजार अनुगमन गर्न पुगेको अनुगमन टोलीलाई भित्रै थुनेको छ ।

बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीहरुले गेट भित्रै थुनेका हुन् । आज बिहानै अनुगमनमा निस्किएको टोलीलाई भित्र राखेर ब्यापारीले गेटमा धर्ना दिइरहेका छन्।

तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीलाई टोलीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट बिल र कागजात फेला नपरेपछि टोलीले गाडी नियन्त्रणमा लिएको जनाएको छ । टोलीले गाडी नियन्त्रणमा लिएपछि व्यापारीहरुले टोलीलाई भित्रै थुनेर राखेका छन् ।

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्