गरिब घरपरिवारको सूचीमा टाठाबाठा र हुनेखानेकै नाम, गाउँपालिकाले लियो यस्तो ‘एक्सन’


 


अछाम, भदौ ३
गरिब परिवारले पाउनुपर्ने गरिब घर परिवार परिचयपत्रमा टाठाबाठा र हुनेखानेहरुको नाम परेपछि अछामको चौरपाटी गाउँपालिकामा गरिब घर परिवार परिचयपत्र वितरणको काम स्थगित भएको छ ।

गरिब परिचयपत्र वितरण कार्यको विरोध हुन थालेपछि गाउँपालिकाले नै अहिले यो काम स्थगित गरेको हो । गरिवी घर परिचय पत्र वितरणको काम पमिार्जन तथा पूनः विचार नहुँदासम्मका लागि स्थगित गरिएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साँउदले जानकारी दिए ।

वास्तविक गरिवका नाम हुनु पर्नेमा तथ्याङक भर्ने गणकलाई गलत तथ्याङ्क दिएको कारण लक्षित वर्गको नाम आउन नसकेको गाँउपालिका अध्यक्ष उनको भनाई छ ।

उनले गरीव घर परिचय पत्र परिमार्जनका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, प्रदेश सरकार र केन्द्रीय सरकार तथा सम्बन्धित निकायको ध्यानकर्षण गराउने बताए ।

प्रकाशित मिति: ३ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्