मिठाई खान दिएर बालिका बलात्कार गर्ने बृद्ध पक्राउ


 


परासी, भदौ ३
नवलपरासीमा मिठाई खान दिएर चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ६५ वर्षीया बृद्ध पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेलाटारीले बलात्कार आरोपमा जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ का दरोगा थारुलाई पक्राउ गरेको हो।

थारुले बालिकालाई आफ्नै घरभित्र बलात्कार गरेको आरोप लागेको छ । बालिका बलात्कार गर्ने थारुमाथि प्रहरीले जर्बजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्