प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले गरे आफै कामु प्रधानन्याधीश भएको दाबी


 


काठमाडौं, भदौं २
प्रधानन्यायीशमा अस्वीकृत दीपकराज जोशीले अझै आफूलाई कामु प्रधानन्याधीश रहेको परिचय दिएका छन् ।

शुक्रबार मुलुकी ऐनलाई विस्थापित गर्दै नयाँ कानुन लागू भएको अवसरमा उनले कामु प्रधानन्यायाधीशकै रुपमा शुभकामना दिएका छन् । कान्तिपुरमा खबर छ ।

प्रधानन्यायाधीशबाट अस्वीकृत भएपछि विदामा बसेका जोशीले घरबाट शुभकामना दिएका हुन् । तर, सोही दिन अहिले सर्बोच्चको नेतृत्वको सम्हालका कामु प्रधानन्यायाधीस ओमप्रकाश मिश्रले पनि सिंहदरबारमा आयोजित एक विशेष कार्यक्रममै गएर शुभकामना दिए । एकै दिन दुई कामु प्रधानन्यायाधीशको हैसियतमा शुभकामना आएको छ ।

जोशीले करिब डेढ पेज लामो वक्तव्यमार्फत आफूलाई कामु प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष भनी परिचय गराएका छन् । उनले राजीनामा नदिइसकेकाले आफू प्राविधिक रूपमा कामु प्रधानन्यायाधीशमै रहेको दाबी गरेका छन् ।

तर यता सर्वोच्च अदालतको वेबसाइटमा कायममुकायम प्रधानन्यायाधीश भनी ओमप्रकाश मिश्रको नाम उल्लेख छ ।

प्रकाशित मिति: २ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्