प्रदेशसभा सदस्यलाई अधिकृत नभई नासु तहका स्वकीय सचिव, थपियो आर्थिक भार


 


हेटौडा, भदौ २
प्रदेशसभालाई थप आर्थिक भारत थपिएको छ । प्रदेशसभाका सदस्यलाई नायब सुब्बा (नासु) तहको स्वकीय सचिव दिने प्रावधानसहितको पारिश्रमिक तथा सुविधा विधेयक पारित भएको छ ।

प्रदेशसभा सदस्यहरुका लागि यसअघि अधिकृत तहको कर्मचारी प्रस्ताव गरिएको थियो । तर, त्यो प्रस्तावमा सरकार सकारात्मक भएन ।

प्रदेश मामिला समितिले असार ४ गते निर्णय गरेर सबै प्रदेशसभा सदस्यलाई शाखा अधिकृत तहको स्वकीय सचिव र सबै पदाधिकारीलाई गाडी र इन्धनको सुविधा दिने प्रावधानसहितको प्रतिवेदन सभामुखलाई दिएको थियो।

 

प्रकाशित मिति: २ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्