प्रधानमन्त्री ओलीले आज प्रदेश २ को सभालाई सम्बोधन गर्दै


 


जनकपुर, भदौ २

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई आज सम्बोधन गर्नु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी जनकपुरका अनुसार प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आज जनकपुर आउनु हुनेछ ।

धनुषाका शहीद रामवृक्ष यादवको २४ औँ स्मृतिसभामा सहभागी हुन उहाँहरु दुवै जना धनुषा आउने कार्यक्रम रहेकोमा प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे प्रदेशसभामा सम्बोधन गर्ने र त्यसपश्चात धनुषाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न जानु हुने नेकपा नेता एवं प्रदेश समिति कार्यदलका सदस्य विश्वनाथ साहले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले यसअघि प्रदेश नं १, ३ र ५ का प्रदेशसभामा सम्बोधन गरिसक्नुभएको छ ।

प्रकाशित मिति: २ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्