भारतको केरला राज्यमा बाढी र पहिरोमा ३२४ को मृत्यु


 


एजेन्सी, भदौँ २

भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएको हो ।

केरलाको पछिल्लो एक सय वर्षको इतिहासमै सबैभन्दा ठूलो बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केरला सरकारले कासरगोडबाहेक सबै जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

मौसम विभागले अझै केही दिन बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन अपील गरेको छ । केरलाका मुख्य मन्त्री पिनराई विजयनले उद्धारको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन् । उनले बाढीमा फसिरहेकाहरुको सूचना दिएर उद्धारमा सहयोग गर्नसमेत अपील गरेका छन् ।

प्रकाशित मिति: २ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्