विराटनगरमा जुस खाँदा १५ जना विद्यार्थी विरामी
विराटनगर, भदौ १
नेस्ले ईण्डिया प्रालिको मिलो जुस खाँदा आज दिउँसो विराटनगर महानगरपालिका २ स्थित बुढानिलकण्ठ उच्च माध्यमिक विधालयका विधार्थीहरु बिरामी परेका छन्
प्रहरीले जुससहित बिक्रेतालाई कारवाहीका लागी खाद्य तथा गुण नियन्त्रण कार्यालय पठाईएको छ । स्थानीय बिक्रेताले मार्केटिङका क्रममा विद्यार्थीहरुलाई जुस खुवाएको र सो जुस खाएर १५ जना विधार्थी अकस्मात विरामी परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिगई जुस मार्केटिङमा निस्केका जिल्ला झापा कन्काई नगरपालिका २ बस्ने २६ वर्षिय प्रदिप घिमिरे र विराटनगर महानगरपालिका ९ बस्ने ४८ वर्षिय महेन्द्रकुमार अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिरामी विधार्थीहरु मध्ये ५ जनाको उपचारको क्रममा विराट नर्सिङ अस्पतालमा रहेका छन भने अन्य स्थानीय मेडिकलमा उपचार पश्चात घर फर्केका छन् ।
प्रकाशित मिति: १ भाद्र २०७५, शुक्रबार