जतापनि कर, रुखको हाँगा काट्दा पनि दस्तुर लिइँदै


 


काठाडौं, साउन ३०
भेरी नगरपालिकाले रुखको हाँगा काट्नेदेखि कुखुरा निकासीसम्ममा दस्तुर लिन्छ । रुख काट्न खोजे सिफारिसमै पाँच सय रुपैयाँ र हाँगा काट्ने भए दुई सय दस्तुर तिर्नुपर्छ । नेपाल समाचारपत्रमा खबर छ ।

नगरले सानो कुखुरा निकासी पैठारीमा प्रतिकुखुरा ५ रुपैयाँ लिन्छ । खसीबाख्राको ५०, गोरुको एक सय, र राँगा÷भैसीको दुई सय रुपैया प्रतिगोटा निकासी दस्तुर तोकेको छ ।

नगरपालिकाका लेखापाल डम्बर विष्टले भने, ‘नगरसभाबाट एकीकृत सम्पति कर लागू गरिएको हो र सेवा शुल्क पनि बढाइएको हो ।’ नगरप्रमुख चन्द्रप्रकाश घर्तीले नगरकै विकासका लागि करका दायरा बढाइएको दाबी गरे ।

जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए । सेवा दैलामै आउला भन्ने आशा गरेका थिए । तर, पचास गुनासम्म कर बढाएपछि भेरी नगरका जनता आक्रोशित छन् ।

प्रकाशित मिति: ३० श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्