प्रहरीको पक्राउ सूचीमा मेयरदेखि मन्त्रीसम्म


 


काठमाडौं, साउन २४
नेपाल प्रहरीको पक्राउ सूचीमा अहिले पनि मेयर र मन्त्रीसम्मको नाम छ ।

मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेपनि उनीहरुको नाम पक्राउ सूचीमा छ ।

उनीहरुको नाम अदालतको उपस्थित गराउने सूचीमा रहेको प्रहरीले जनाएको छ । नागरिक दैनिकमा खबर छ ।

मधेस आन्दोलनका क्रममा जलेश्वर घटनामा हत्या अभियोग लागेका फोरम र राजपाका २८ नेतालई उच्च अदालत जनकपुरले अदालतमा उपस्थिति गराउन परमादेश जारी गरेको छ ।

२०७२ मा महोत्तरीको जलेश्वरमा एम्बुलेन्सबाट थुतेर थम्मन बिकको हत्या गरिएको थियो । विकका आफन्तले उच्च अदालत जनकपुरमा ज्यान मार्ने शीर्षकमा २८ व्यक्तिमाथि गत असारमा मुद्दा दायर गरेका थिए ।

रकारले सो मुद्दा अहिलेसम्म फिर्ता लिएको छैन । सो घटनामा मुद्दा दायर गरिएका अभिराम शर्मा प्रदेश २ सरकारमा मन्त्री भएका छन् ।

मुद्दा दायर गरिएका कौशल यादव संघीय फोरमबाट प्रदेशसभा महोत्तरीको ४ (क) बाट सांसद छन् ।

शंकर शाही (रामशंकर मिश्र) जलेश्वर नगरपालिकाका मेयर हुन्

प्रकाशित मिति: २४ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्