नेकपा सचिवालय बैठकमा सांगठनिक एकीकरणबारे छलफल


 


काठमाण्डौ, साउन २३

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक केही बेरको छलफल पछि स्थगित भएको छ। आज बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक भोलिसम्मका लागि स्थगित भएको हो।

बैठकमा दुई पार्टी एकता भएपछि तल्लो तहका संगठनलाई कसरी एकीकरणमा लैजाने भन्नेबारे छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । बैठकमा सांगठनिक एकीकरणको मिति र नेतृत्व तय गर्नेबारे छलफल भएको बताइएको छ।

बिहीबार २४ गते बस्ने बैठकमा सांगठनिक एकीकरणलाई टुंगो लगाउने सन्दर्भमा छलफल गर्ने बताइएको छ। त्यसैगरी स्थायी समिति बैठक बस्नेबारे पनि छलफल हुने बताइएको छ।

प्रकाशित मिति: २३ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्