चितवनमा बस र ट्रक ठोकिएर चार जनाको मृत्यु, १७ घाइते


 


चितवन, साउन २३
चितवनको रत्ननगरमा बस र ट्रक ठोकिदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट झापाको काँकडभिट्टा गइरहेको ना ६ ख १७४१ नम्बरको यात्रुबस र विपरित दिशाबाट आइरहेको ना ५ ख ५९४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका वडा नम्बर–१० भानुचोकमा मंगलबार राति एकआपसमा ठोकिएका हुज् ।

मंगलबार राति ११ बजे यो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा ट्रक चालक रौटहट चन्द्रपुर नगरपालिका(२ का ३४ वर्षीय मोहन घिसिङ, सह–चालक चन्द्रनिगाहपुरकै ३० वर्षीय बुद्धिमान लामाको ज्यान गएको छ ।

त्यसैगरी दुर्घटनामा बसमा सवार यात्रु ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का ४२ वर्षीय तारा बराल र काठमाडौंको थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापाको ज्यान गएको छ।

दुर्घटनमा घाइते उनीहरूको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।  घाइते १७ जनामध्ये १३ जनाको पुरानो मेडिकल कलेज र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यो दुर्घटना दुवै सवारीको अत्यधिक गतिका कारण भएको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति: २३ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्