छोरी जन्मिएपछि हत्या, आमा पक्राउ


 


लमजुङ, साउन २२
छोरी जन्मिएपछि एक आमाले हत्या गरेको आरोपमा प्रहरीले लमजुङमा एक आमालाई पक्राउ गरेको छ ।

नवजात शिशु हत्या गरेको भन्दै दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्