अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्वसांसद हिरासतमा


 



काठमाडौं, साउन २२
अमेरिका पठाईदिन्छु भन्दै बिभिन्न ब्यक्तिबाट लाखौ रुपैँया ठगी गरेको आरोपमा पूर्व साँसद मिठाराम बिश्वकर्मा पक्राउ परेका छन् ।

यसअघि नेपाली कांग्रेसबाट सांसद बनेका विश्वकर्मालाई अहिले बैदेशिक रोजगार बिभागको हिरासतमा राखिएको छ । उनी नेपाली कांग्रेसबाट संसद पूर्नस्थापना पछि अन्तरिम ब्यबस्थापिका संसदको सदस्य बनेका थिए ।

उनले पर्वतको कुस्मा नगरपालिका वडा नं ८ चुवा स्थायी घर भएका पुर्व साँसद बिश्वकर्माले कुस्मा नगरपालिका वडा नं ४ का सज्जन जोशी र वडा नं ५ का ज्ञानेन्द्रकुमार जोशीसंग पटक पटक गरि रकम लिएको उजुरीका आधारमा बैदेशिक रोजगार बिभागले पक्राउ गरेको हो ।

उनलाई असार २८ गते देखि हिरासतमा राखिएको छ । बिश्वकर्मालाई महानगरीय प्रहरी प्रभाग बालाजुले २८ गते पक्राउ गरेको थियो।

राष्ट्रिय समाचार समितिको अध्यक्ष समेत भैसकेका बिश्वकर्मा नेपाल शिक्षक संघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत थिए । अमेरिका पठाउन नसकेपछि पैसा माग्न जाँदा फिर्ता दिन्छु भन्ने र अन्तिममा धम्की दिने गरेको पीडितको आरोप छ ।

प्रकाशित मिति: २२ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्