अपहरणमा परेका बालकको हत्या, प्रहरी इन्काउन्टरमा दुईजनाको मृत्यु


 


काठमाडौं, साउन २१

काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको छ । सिन्धुपाल्चोक मेलम्चीका अशोक खड्का आइतबार अपहरणमा परेका थिए । अपहरणमा परेका खोजी गर्ने क्रममा प्रहरीसँगको इन्काउन्टरमा सूर्यविनायक नगरपालिका ८ को पाइलट बाबाको आश्रममा जाने बाटोमा इन्काउन्टर हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार बालकको अपहरण गरेर आमा चमेली खड्कासँग ४० लाख फिरौती माग गर्ने समूहकै दुईजनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो । मृत्यु हुनेमा गोपाल तामाङ र अजय तामाङ भएको प्रहरीले जनाएको छ ।
अपहरणमा परेका निशान खड्काको भक्तपुरमा निर्माणाधिन एक घरको जगमा शव फेला परेको थियो ।

भक्तपुरको थिमीमा श्याम लवतको निर्माणाधिन घरको जगमा बालक खड्काको शव फेला परेको सिंहले जानकारी दिए । अपहरणकारीले बोकेको मोवाइल र गोलीसमेत प्रहरीले इन्काउन्टरमा मृत्यु भएका दुईजनाको साथबाट बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्