नाकाबन्दीको डटेर सामना गर्ने दलहरुको निष्कर्ष


 


काठमाडौं, असोज १० 

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले संविधान निर्माणको विषयलाई लिएर भारतले गरेको नाकाबन्दी र निर्देशन स्वतन्त्र र सार्वभौम मुलुकमाथिको हस्तक्षेप भएको ठहर गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा शनिबार साँझ बसेको बैठकमा उनीहरुले मुलुकसामु देखिएको चुनौतीलाई एकताबद्ध भएर सामना गर्ने निष्र्कष निकालेको हो ।

राष्ट्रिय एकता र सावैभौमिकता विपरित कुनै पनि राजनीतिक दल र शक्तिसँग सम्झौता नगर्ने ठहर गर्दै बैठकले संविधान निर्माणको पक्षमा उभिएका राजनीतिक दलहरु जुटेर अघि बढ्ने समझदारी गरेको हो ।

प्रकाशित मिति: १० आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्