बेरोजगारलाई भत्ता उपलब्ध गराउन कानून बन्दै, कति उमेर समूहकाले पाउँदैछन् भत्ता ?


 


काठमाडौं, साउन २१

सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउन त्यस सम्बन्धी कानून बनाउन लागेको छ ।

वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको हो । कान्तिपुरमा खबर छ ।

सरकारले १८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिने तयारी गरेको हो । त्यसका लागि कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँदैछ।

संविधानको धारा ३३ मा उल्लिखित रोजगारीको हकको व्यवस्था कार्यान्यनन गर्न यो विधेयक बनाइएको हो। संविधानलेप्रत्येक नागरिकलाई रोजगारीको हक हुने प्रत्याभूत गरेको छ।

प्रकाशित मिति: २१ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्