कामु प्रधानन्यायाधीशको जिम्मेवारी मिश्रलाई, जोशीको स्थान कहाँ ?


 


काठमाडौं, साउन २१
दीपकराज जोशीलाई हटाएर सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रलाई दिइएको छ । सं

सदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि कामु प्रधानन्यायाधीशको जिम्मेवारी मिश्रलाई दिइएको हो । जोशी आइतबारदेखि १५ दिनका लागि विदामा समेत बसिसकेका छन् ।

जोशीको नाम हटाइएसंगै सर्वोच्च अदालतको वेभसाइटबाट कामु प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम राखिएको छ । जोशीको नाम न्यायाधीशका रूपमा उल्लेख गरिएको छ ।

मिश्रले जिम्मेवारी पाएसंगै पहिलो दिन आफूसहित १० वटा इजलास तोके । मिश्रले आइतबार पेसी तोकेका ४६६ मध्ये ४७ मुद्दाको फैसला र ९१ मा आदेश जारी भएको छ ।

 

प्रकाशित मिति: २१ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्