कामु प्रधानन्यायाधीश जोशी आजदेखि बिदामा


 


काठमाण्डौँ, साउन २०

सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आजदेखि १५ दिनका लागि बिदामा बस्ने हुनुभएको छ । आफू बिदामा बस्ने जानकारी उहाँले हिजो राष्ट्रपति समक्ष जानकारी गराउनुभएको हो ।

शैक्षिक प्रमाणपत्र शंकास्पद र मुद्दा फैसला विवादास्पद भएको भन्दै संसदीय सुनुवाई विशेष समितिले उहाँलाई प्रधानन्यायाधीश बन्न अस्वीकृत गरेको थियो । समितिको निर्णयपछि नियमित काममा जाने, बिदामा बस्ने या राजीनामा दिने विकल्प रहेकोमा उहाँले मध्यमार्गी बाटो रोज्नुभएको हो ।

यसअघि उहाँले नियमित काममा जाने र पेशी तोक्ने प्रतिक्रिया दिनुभएको थियो । तर राजीनामा नदिए महाअभियोग लगाउने सत्तारुढ नेकपाको तयारी रहेको बुझेपछि उहाँले बिदामा बस्ने निर्णय गर्नुभएको हो ।

प्रकाशित मिति: २० श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्