प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले भने, ‘राजीनामा दिन्न’


 


काठमाडौं, साउन १९
संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताएका छन् ।  उनले अस्वीकृत भएपनि न्यायालयमै बसेर काम गर्ने बताए । नयाँ पत्रिकामा खबर छ ।

‘कामु प्रधानन्यायाधीश मै हुँ, मैले पेसी नतोके कसले तोक्छ ? संविधानको व्यवस्थाअनुसार पनि वरिष्ठ न्यायाधीशले नै पेसी तोक्छ ।’

प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीशका रूपमा कार्यरत रहने वा राजीनामा दिने विषयमा उनले बोल्न चाहेनन् । यो विषयमा अहिले नै केही नबोल्ने उनले बताए ।

प्रकाशित मिति: १९ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्