कैलालीमा लोपोन्मुख डल्फिनको बाक्लै चहल–पहल


 



काठमाडौं, साउन १८
नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचीमा रहेको डल्फिन कैलालीमा भने बाक्लै देखिन थालेका छन् । कर्णालीका सहायक नदीहरुमा डल्फिनको चहल–पहल देखिन थालेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

मोहनाका सहायक नदीहरु काँडा, कान्द्रा, पथरिया र आसपासमा ४७ वटा डल्फिन भेटिएका छन् ।

नेपाल जैविक विविधता अनुसन्धान समाजले ती क्षेत्रमा स्थलगत अध्ययन,अवलोकन गर्दा ७ वटा वयस्क भाले फेला परेका छन् भने १२ वटा वच्चा र बाँकी २८ मध्ये धेरै पोथी भेटिएका छन् ।

२८ मध्ये केहीको लिङ्ग पहिचान नभएको वन्यजन्तुविद् प्राडा मुकेश चालिसे जानकारी दिए ।

प्रकाशित मिति: १८ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्