सातवटै प्रदेशमा अन्तराष्ट्रिय विमानस्थल बनाउने सरकारको घोषणा


 


काठमाडौं, साउन १८
पाँच वर्षे योाजना बनाउँदै सरकारले सबै प्रदेशमा कम्तीमा एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा अपनाइने पाँचवर्षे कार्यदिशामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यक्रम समेटेको हो । नयाँ पत्रिकामा खबर छ ।

अहिले प्रदेश ३ मा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ । प्रदेश ४ मा पोखरा विमानस्थल निर्माणाधीन अवस्थामा छ भने प्रदेश ५ को भैरहवामा पनि गौतमबुद्ध विमानस्थल बनिरहेको छ ।

सरकारले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सुरु गरिसकेको छ । यसबाहेक प्रदेश १ को विराटनगर र प्रदेश ७ को धनगढी विमानस्थललाई पनि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने पर्यटन मन्त्रालयको योजना छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणि खनालसहित सातवटै प्रदेशका पर्यटनमन्त्रीसमेतको उपस्थितिमा पाँचवर्षे कार्ययोजना सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति: १८ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्