बाबुराम भट्टराईद्वारा पार्टी परित्याग गरेको घोषणा


 


baburam-bhattaraiकाठमाडौं,  असोज ९

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी पार्टी परित्यागको घोषणा गरेका छन् । अब फेरि एमाओवादीमा फर्कने सम्भावना सकिएको भन्दै उनले बरू जंगल पस्ने तर नफर्कने बताएका छन्।

शनिबार दिउँसो पत्रकार सम्मेलन सम्मेलन गरेर भट्टराईले एमाओवादी परित्यागको घोषणा गरेका हुन् । उनले अध्यक्ष प्रचण्ड तिर लक्षित गर्दै टुकी बाल्ने र साइकल चढ्ने राष्ट्रवाद राम्रो कि विजुली गाडी चढ्ने? भन्ने प्रश्न गरेका थिए।

यससँगै बाबुराम भट्टाराई र पुष्पकमल दाहाल प्रचण्डको तीन दशक लामो राजनीतिक सहकार्य तोडिएको छ । पूर्व प्रधानमन्त्री डा. भट्टराईले संसद सदस्यबाट समेत राजीनामा दिएको घोषणा गरेका छन् ।

यो पनि पढ्नुहोस्

यस्तो थियो बाबुराम भट्टराईको पार्टी फुटाउने तयारी

प्रकाशित मिति: ९ आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्