कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी


 


काठमाडौँ,साउन १७

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि बोर्डले हिजो नतिजा सार्वजनिक हुने बताएको थियो ।

तर प्राविधिक समस्याका कारण हिजो नतिजा सार्वजनिक गर्न नसकिएको र आज सार्वजनिक गर्ने तयारी भैरहेको बोर्डले जनाएको छ । परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् । यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गर्दै छ ।

प्रकाशित मिति: १७ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्