प्रदेश नं १ : दुई विधेयक पारित


 


विराटनगर, १६ साउन
प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकले दुई वटा विधेयक पारित गरेको छ ।

बैठकले जिल्ला सभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्रीले उक्त वियधेक सभामा पेश गर्नुभएको थियो ।

जिल्ला सभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकबारे सभासद्बीच विमति भएपछि न्याय प्रशासन तथा विधायन समितिमा छलफल गरी प्रतिवेदन तयार पारेर विधेयकमा समावेश गरिएको थियो ।

प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्