राष्ट्रिय वाणिज्य बैंकमा टोकन प्रणाली शुरु


 


भद्रपुर, १६ साउन

राष्ट्रिय वाणिज्य बैक भद्रपुरले भीड व्यवस्थापन गर्न आजदेखि टोकन प्रणाली शुरु गरेको छ । ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बैकिङ कार्य सरल र सुलभ ढंगले ग्राहकको पहुँचमा पुर्याउन टोकन प्रणाली लागू गरेको हो ।

बंैकका सहायक शाखा प्रबन्धक राजु काफ्लेले राष्ट्रिय वाणिज्य बैँक भद्रपुरले नगद झिक्नका लागि दुई वटा, जम्मा गर्नका लागि एउटा र अन्य जनरल काम गर्नका लागि एउटा गरी चार वटा काउन्टर शुरु गरेको बताउनुभयो ।

यसअघि टोकन प्रणाली प्रदेश नं १ को इटहरी, दमक धरान र विराटनगरलगायतका बैंकमा लागू गरिएको सहायक प्रबन्धक काफ्लेले बताउनुभयो । रासस

प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्