पूर्व एआईजी चन्द अब मिडिया सञ्चालक !


 


काठमाडौं, साउन १६
पूर्व एआईजी जयबहादुर चन्द सौर्य दैनिकको प्रबन्ध निर्देशकमा नियुक्त भएका छन् ।

पत्रिकालाई सातै प्रदेशबाट प्रकाशन गर्ने योजनासहित अध्यक्ष पदम शाह, संस्थापक तथा प्रधान सम्पादक बोधराज त्रिपाठी र कार्यकारी निर्देशक बशन्त पन्तले नयाँ साझेदार भित्र्याएका हुन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकट चन्दले आजबाटै कार्यभार सम्हाल्ने गरी प्रिन्टलाइनमा नाम प्रकाशन गरिएको छ ।
नेपाल प्रहरीमा आइजीपी नियुक्त भएपनि अदालतको आदेशबाट घटुवामा परी एआइजीबाट अवकाश पाएका थिए ।

सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको काठमाडौं जिल्लाको पहिलो प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को जिम्मेवारी कुसलतापूर्वक सम्हालेका चन्द सुरक्षाविज्ञका रूपमा पनि परिचित छन् ।

व्यवस्थापनदेखि परिचालनसम्ममा उत्कृष्ट रहेका चन्दसँग सुरक्षाको दृष्टिले ज्यादै संवेदनशील मानिएका कपिलवस्तु, रूपन्देही, पर्सा, रौतहट, मकवानपुर, काभ्रे लगायतका जिल्लाको सुरक्षा नेतृत्व सम्हालेको अनुभवसमेत छ । उनीसँग ट्राफिक प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोको प्रमुख भएर काम गरेको अनुभव पनि छ ।

सुदूरपश्चिमको डिआइजी भएर नेतृत्व सम्हालेका चन्दले महानगरीय प्रहरी आयुक्तको जिम्मेवारीसमेत कुसलतापूर्वक सम्हालेका थिए । चन्दको नेतृत्वमा सिर्जना इन्टरनेसनल मिडिया र यसबाट प्रकाशित सौर्य राष्ट्रिय दैनिकले नयाँ उचाइ प्राप्त गर्ने विश्वास लिइएको सौर्य दैनिकको व्यवस्थापनले लिएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्