नारायणकाजीले जिम्मेवारी छोडेपछि फर्काउने जिम्मा माधव नेपाललाई


 


काठमाडौं, साउन १६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।

पार्टी नीतिविपरीत डा गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए ।

अध्यक्षसँग सम्पर्क नै नहुने, बैठक र छलफलहरूमा पनि लामो समयसम्म कुराउने गरेका कारण कार्यशैली ठीक नभएकाले आफूले प्रवक्ता पदबाट राजीनामा दिएको निकटस्थहरूलाई बताएका छन् । नयाँ पत्रिकामा खबर छ ।

उनलाई मनाउने जिम्मा माधव नेपाललाई दिइएको छ । उनले राजीनामापत्र फिर्ता नलिएपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने वातावरण निर्माणको जिम्मेवारी दिएका छन् ।

तर, केही दिनयता घाँटीको समस्याका कारण घरमै आराम गरिरहेका श्रेष्ठ भने शीर्ष नेताहरूसँग सम्पर्कमा छैनन् ।

प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्