राजनीतिक नेतृत्वले आर्थिक कानुन भित्र बस्नुपर्छ : प्रधानमन्त्री


 


काठमाण्डौँ, साउन १५

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नुपर्ने बताउनुभएको छ । सिंहरदबारमा आज बसेको महालेखा परीक्षकको आर्थिक वर्ष २०७४–०७५ को लेखा परीक्षण सम्बन्धि बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरू यस बिषयमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यालयहरूमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको ओलीको भनाइ थियो। । “के कारणले बेरुजु भएको हो ?”ओलीले भन्नुभयो, “जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ ।”

ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनैपनि निकायले उन्मुक्ति नपाउने बताउनुभयो । बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने उहाँको भनाई थियो । बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक बर्ष २०७४–०७५ मा ४८ अर्ब रुपैयाँ बेरुजु देखिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्