केसीको स्वास्थ्य अवस्थामा विस्तारै सुधार


 


काठमाण्डौँ, साउन १५

२७ दिन लामो अनसन तोड्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा विस्तारै सुधार हुँदै गएको छ । गत बिहीबार राती अनसन तोडेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकै आइसियुमा उपचार गराइरहेका डा. केसीलाई आज आइसियुबाट निकालिएको छ । चार दिन आइसियुमा राखेर आज सर्जिकल वार्डमा सारिएको डा. केसीका भाइ किशोर केसीले बताउनुभयो ।

उहाँका अनुसार अहिले केसीलाई शिक्षण अस्पतालको सर्जिकल वार्डको वेड नम्बर ५०२ मा राखेर उपचार भइरहेको छ । उहाँले भन्नुभयो, ‘आज दाइलाई आइसियुबाट वार्डमा सारिएको छ । अब एक दुइ दिन वार्डमा उपचार गरेपछि डिस्चार्ज गर्ने चिकित्सकहरूलाई बताएका छन् ।

प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्