सुनचाँदीको मूल्य थप घट्यो


 


काठमाडौं, साउन १५
नेपाली बजारमा आज सुनचाँदीको मूल्य थप घटेको छ । आज सुन तोलामा थप एक सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार तीन सय रुपैयाँमा झरेको छ । सुन हिजो ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ३५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्