पूर्वराजाको स–परिवार थाइल्याण्ड जाँदै, पारस मात्रै नजाने 


 


काठमाडौं, साउन १५
कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन पूर्वराजा ज्ञानेन्द्र शाहको स–परिवार थाइल्यान्ड जाँदैछ ।

जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर पूर्वराजाको परिवारबुधबार थाइल्यान्ड जान लागेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

पूर्वराजाको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत थाइल्यान्ड जान लागेका छन् ।

दुई वर्षअघि थाइल्यान्डमा उच्च शिक्षा अध्ययन गर्न गएकी जेठी नातिनी पूर्णिकासँगै कान्छी नातिनी कृतिकाले पढ्ने इच्छा गरेपछि कान्छी नातिनीलाई भर्ना गराउन ज्ञानेन्द्र परिवार थाइल्यान्ड जान लागेको हो ।

अध्ययनको बन्दोबस्ती मिलाउन पूर्वयुवराज्ञी हिमानी निजी सचिव स्मिता सिंहसँगै थाइल्यान्ड पुगिसकेकी छन् । ज्ञानेन्द्रको सपरिवार थाइल्यान्ड गए पनि पूर्वयुवराज पारस नेपालमै बस्ने भएका छन् ।

प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्