जोशीलार्इ प्रधानन्यायाधीश नियुक्त नगरे के हुन्छ ?


 


काठमाडौं, साउन १५
शैक्षिक प्रमाणपत्रको अस्पष्टता, विवादित फैसलाहरु एवं न्यायाधीशको आचारणभन्दा फरकखालका गतिविधि गरेको भन्दै प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई न्यायाधीशमा नियुक्त गर्ने वा नगर्ने भन्ने विषयमा संसदीय सुनुवाइ समिति नै अलमलमा परेको छ ।

पार्टीको धारणा बुधबारसम्म नउल्टिए जोशीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव संसदीय सुनुवाइ समितिबाटै अस्वीकृत हुनेछ । कान्तिपुरमा खबर छ।

संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीलाई संसदीय सुनुवाइबाट अस्वीकृत गर्दा कानूनी र राजनीतिक प्रश्न एकैसाथ उठ्ने भएको छ ।

जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकार गर्न सक्छ कि सक्दैन भन्नेमा संविधान पनि मौन छ । तर संघीय संसदको संयुक्त समितिको कार्यसञ्चालन नियमावलीले प्रष्टसँग अस्वीकृत गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्