अब सडक बन्द गरे भदौदेखि कैद र जरिवाना


 


काठमाडौं, साउन १५
सामान्य कुरामा पनि सडक नै बन्द गर्ने प्रचलन बढ्दै गएपछि सरकारले त्यसमा कडाई गर्दै कैद र जरिवाना तोकेको छ । अ

ब भदौ १ गतेबाट सडक बन्द गर्ने र यात्रुलाई दुःख दिने काम गर्ने वार गराउनेलाई तीन वर्ष कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

भदौबाट लागू हुने मुलुकी अपराघ (संहिता) ऐन, २०७४ को दफा ६७ मा यससम्बन्धी व्यवस्था गरिएको छ ।

सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने’ भन्दै ‘कसैले सार्वजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग वा हुलाक र कुनै सार्वजनिक सेवाको सञ्चालनमा कुनै किसिमको डर, त्रास, भय देखाई बन्द गर्न निषेध गरिएको छ ।

सो ऐनमा ‘कुनै किसिमबाट सार्वजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केवलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग अवरुद्ध गरी पैदल यात्री, सवारी साधन वा पशुको आगमनलाई बाधा पु¥याउन वा कानुन बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक ठाउँमा कसैलाई प्रवेश गर्न कुनै किसिमले बाधा, अवरोध गर्नु हुँदैन’ भनेर उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्