मंगलबार काँग्रेसले देशभर प्रदर्शन गर्दै


 


काठमाडौँ, साउन १४

केपी शर्मा ओली नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले भोली देशभर विरोध प्रदर्शन गर्दैछ । सरकार अधिनायकवादी शैलीबाट अघि बढेको आरोप लगाउँदै कांग्रेसले देशभर कार्यकर्ता सडकमा ल्यान लागेको हो ।

यसका लागि कांग्रेसले ७७ वटै जिल्लाका सभापतिलाई तयारीको जिम्मा दिएको थियो । सबै जिल्ला सदरमुकाममा व्यापक प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ । यो आन्दोलनको सुरुवात भएकाले उत्साहपूर्वक कार्यकर्ताको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

सरकारले पछिल्लो समय अधिनायकवादी शैली अपनाएको भन्दै कांग्रेसले दबाब स्वरूप विरोध गर्न लागेको हो । विरोध प्रदर्शनमा कांग्रेसले देशभर तीन लाख लाख बढी कार्यकर्ता सडकमा उतार्ने योजना बनाएको छ । झापा, मोरङ, सुनसरी, रूपन्देही, कास्की चितवलगायतमा करिब ८ हजार बढी कार्यकर्ता सडकमा उतार्ने केन्द्रीय कार्यालयलाई जानकारी गराएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्