सुनको मूल्य आज घट्यो, कतिमा झर्यो ? हेर्नुहोस्


 


काठमाडौ, साउन १४
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार चार सय रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्