फेरि बलात्कारपछि बालिकाको हत्या, सुस्त मनस्थितिकालाई पनि छाडेनन्


 


काठमाडौं, साउन १४
कञ्चनपुरमा १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटना सेलाउन नपाउँदै काभ्रेमा पनि त्यस्तै घटना सार्वजनिक भएको छ ।

प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि यसबारे जानकारी गराउन सरकारलाई रुलिङ गरिरहेकै बेला काभ्रेमा फेरि त्यस्तै घटना दोहोरिएको हो ।

उता काभ्रेको तेमाल गाउँपालिका–१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना भएको छ। घटना असार २० को राति भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार मात्रै पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ।

फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेपछि एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए। बारा बारागढी गाउँपालिका–६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन्।

आफूहरुबीचको सम्बन्ध देखेपछि मन्सुरले बालिकालाई चाउचाउ किनिदिने भन्दै गुम्बा छेउमा लगि बलात्कार गरेपछि हत्या गरेको खुलेको छ।

यस्तै, तेमाल गाउँपालिकाको ६ पचुवरघाटमा साउन ६ गते शारीरिक तथा मानसिक रुपमा अपाङग १२ वर्षी रोनिशा तामाङ पनि बलात्कारमा परेकी छन् ।

उनलाई बलात्कार गरि फरार रहेका १७ वर्षीय विकास थापामगरलाई प्रहरीले पक्राउ गरेको छ। थापामगरले घरमा सुतेको अवस्थामा बालिकामाथि जबरजस्तीकरणी गरेर भागेका थिए ।

प्रकाशित मिति: १४ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्