हराएको ३० वर्षपछि दाहसंस्कार


 


ताप्लेजुङ, साउन १४
ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पुर्याएर पितृ संस्कार गरेका छन् । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार गरेका हुन् । नेपाल समाचारपत्रमा खबर छ।

कृषि सामग्री संस्थान ताप्लेजुङमा कार्यरत उहाँ बढुवा भएपछि चाँगे गाउँ विकास समितिमा जागिर खान जानुभएको थियो ।

नयाँ कार्यालयमा केही दिन काम गरेर फर्कने क्रममा उहाँ नाङ्गेमा एकजना प्याकुरेल थरका आफन्तकोमा १ रात बस्नुभएको थियो ।

पुरानो कार्यालयको काम बाँकी छ भन्दै तमोर पारि जाने भन्नुभएका उहाँ अहिलेसम्म भेटिनुभएको छैन । जेठा छोरा गंगाप्रसाद घिमिरे बुबा हराएपछि धेरै दिन खोज्दा पनि नभेटिएको बताए ।

धान्यप्रसाद २०४५ साल जेठ १४ गते बेपत्ता भएका थिए । पुरानै फोटो भए पनि बाहिर राखेर पुष्पगुच्छाले दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो ।

३० वर्षअघिको घटना भएकाले धेरैले धान्यप्रसादको हिजोको दिनको सामाजिक काम र त्यतिबेलाको इतिहास समेत बिर्सिए ।

प्रकाशित मिति: १४ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्