भीरबाट खसेर महिलाको मृत्यु
सुर्खेत, साउन १३
लेकबेसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ ।
शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् ।
लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर पुग्दा बेलुका ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिनुभयो ।
शवपरीक्षणका लागि मेहलकुना अस्पताल सुर्खेतमा राखिएको छ ।
प्रकाशित मिति: १३ श्रावण २०७५, आइतबार