कामु प्रधानन्यायाधीस जोशीको प्रमाणपत्र थप शंकास्पद


 


काठमाडौं, साउन १३
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र थप शंकाको घरमा परेको छ । संसदीय सुनुवार्इ सामना गरिसकेका जोशीका प्रमाणपत्र थप शंकाको घेरामा परेका हुन् । कान्तिपुरमा खबर छ।

जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका छन् ।

‘दुवै जनाले पेस गरेका ल क्याम्पसका प्रोग्रेस रिपोर्ट भिडाउने हो भने एउटा गलत निस्कन्छ,’ दुवै जनाको अभिलेख रहेको संवैधानिक परिषद सचिवालय स्रोतले भन्यो, ‘संसदीय सुनुवाइका क्रममा उठेको यस्तो गम्भीर प्रश्नको छानबिन हुनुपर्छ ।’

बिहीबारको संसदिय सुनुवाइमा सांसद योगेश भट्टराईलगायतले जोशीको शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भेटिएको बारे प्रश्न उठाएका थिए ।

सचिवालय स्रोतकाअनुसार २०३० साउनमा नेपाल ल क्याम्पसमा ‘प्रमाणपत्र तह’ मा भर्ना भएका जोशीको प्रोग्रेस रिपोर्टमा क्रम संख्या ५३३८ उल्लेख छ ।

२०३१ साउनमा भर्ना भएका गोपाल पराजुलीको प्रोग्रेस रिपोर्टमा क्रम संख्या १३४७६ उल्लेख छ । दुवैको रिपोर्टको ढाँचा एउटै छ ।

प्रकाशित मिति: १३ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्