रक्षक नै भक्षक, बलात्कार आरोपमा दुई प्रहरी पक्राउ


 


काठमाडौं, साउन १३
कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा सशस्त्र प्रहरी बलका दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो । नागरिकमा खबर छ ।

पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतंगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्धय रामसरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्